‘डिट्ठा साब’ले कस्तो उडाउँलान् ‘चङ्गा’ ?

डिट्ठा साबको नामले चिनिने हाँस्य कलाकार किशोर भण्डारीले ‘चङ्गा’ फिल्म निर्देशन गर्ने भएका छन् । बुधबार मण्डला नाटक घरमा प्रेसमिट गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्ममा रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छन् ।

पूर्ण रुपमा मनोरञ्नात्मक फिल्म गरिएको ‘चङ्गा’ मा कलाकारहरु बुद्धि तामांग, राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायत कलाकारहरुको अभिनय रहेनछ ।
फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । रविन आचार्यले खिच्ने फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहनेछ । यही महिनामादेखि छायाँकन सुरु हुने फिल्मलाई आउँदो सालको जेठ ११ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha