सफलतामा ‘मिस्टर झोले’ले सम्झियो सञ्चारकर्मी

फिल्म सफल गराउन साथ दिएको भन्दै ‘मिस्टर झोले’ टिमले सञ्चारकर्मीलाई धन्यवाद दिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, निर्माताहरु टेकेन खड्का र रौनक विक्रम कडेलले फिल्म सफल गराउन मिडियाले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएका हुन् ।


‘फिल्म सफल भएपछि पछि पनि भेटघाट गरौं भन्ने लागेर यो कार्यक्रम राखिएको हो’, अभिनेता राईले भने, ‘फिल्म हेरेर साथ दिने सबै दर्शकलाई धन्यवाद ।’ निर्देशक रामबाबु गुरुङले फिल्मलाई दर्शकले मन पाराएको दाबी गर्दै फिल्मप्रति आएको समिक्षालाई पनि स्विकार गरेको बताए । यता निर्माता टेकेन खड्काले भने फिल्मल ६ दिनमा २ करोड ४८ लाखको ग्रस कलेक्सन गरेको जानकारी दिए ।

अर्का निर्माता रौनक विक्रम कडेलले फिल्मले गरेको व्यापारबाट आफ्नो टिम खुसी रहेको बताए । देश तथा विदेश गरी फिल्मको डेढ करोड लगानी सुरक्षित भैसकेको प्रेसमिटमा जानकारी गराइयो । कमेडी जनराको ‘मिस्टर झोेले’ मा दया सँगै दिया पुन, बुद्धि तामांग, बर्षा राउत, प्रविण खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha