‘रोमियो एण्ड मुना’को नयाँ प्रदर्शन मिति चैत २

फिल्म ‘रोमियो एण्ड मुना’को प्रदर्शन मिति परिर्वतन भएको छ । अब फिल्म चैत २ गते देखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले जानकारी दिए । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको रोमियो एण्ड मुनाको प्रदर्शन मिति यसअघि फागुन ११ गतेलाई तोकिएको थियो ।

किन गरियो त फिल्मको प्रदर्शन मिति परिवर्तन ? निर्माता गोपाली भन्छन, ‘हामीले सोचेको समयमा फिल्मको काम सकिएन, त्यसकारण प्रदर्शन मिति सार्न बाध्य भयौं ।’ कस्तो काम ? उनी थप्छन्, ‘भि एफ एक्स र एनिमेशन सोचे जस्तो भएन । त्यसैले समय लिएर नै राम्रो काम निकाल्न फिल्मको प्रदर्शन मिति सार्नु पर्यो ।’ चैत २ गते भने फिल्म शतप्रतिशत रिलिज हुने निर्माता गोपालीले विश्वास दिलाए । विनयसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’को टिजर, पोस्टर र दुई वटा गीतहरु सार्वजनिक भैसकेका छन् । फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, प्रज्वल सुजल गिरी, सुरक्षा पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha