‘लाल पुर्जा’ प्रिमियरमा जम्यो सौगात र सृष्टि जोडी

फिल्म ‘लाल पुर्जा’ को बिहिबार प्रिमियर गरिएको छ । दरबारमार्गस्थित क्युज हलमा आयोजना गरिएको प्रिमियर शोमा सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, सृष्टि श्रेष्ठ सहित अन्य फिल्म युनिटका सदस्यहरु उपस्थित थिए । फिल्म हेरेपछि प्रिमियरमा सहभागीले मिश्रित प्रतिक्रिया दिए ।

विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त लगानी रहेको फिल्म ‘लाल पुर्जा’ मा सौगात, विपिन, मिरुना सँगै अभिनेता हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिश्री थापा, कुमार नगरकोटी, कमलमणी नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सृष्टिको केमियो छ ।

फिल्मको कथा निर्देशक श्रेष्ठ र निर्माता थारुले लेखेका हुन् । माघ ४ गते मोफसलमा प्रदर्शन भएको फिल्म शुक्रबारदेखि राजधानीमा पनि प्रदर्शन हुँदैछ ।

तस्बिर : विवेक बस्याल

मिरुना र मेनुकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha