सुव्रतको ‘सुश्री सम्पत्ती’ मा सलोन र साराको जोडी

रंग पत्रकार सुव्रत आचार्यले पुनः कमेडी फिल्म निर्देशन भएका छन् । अधकट्टी पछि सुव्रतले निर्देशन गर्ने फिल्म ‘सुश्री सम्पत्ती’ मा नायक सलोन बस्नेत र नायिका सारा शिर्पाइली अनुबन्धीत भएका छन् । फिल्ममा उनीहरुको मुख्य भूमिका रहनेछ ।

रमेश त्वयनाले निर्माण गर्ने ‘सुश्री सम्पत्ती’ मा सलोन र सारासँगै विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रेम बर्षा खड्का र रोशनी कार्की पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । गर्दैछन् । फिल्ममा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशन आचार्य बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha