३ सातामै ‘शत्रु गते’ को ‘रुपै मोहनी’ लाई ५० लाख

फिल्म ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ लाई युट्युवमा पचास लाख बढी दर्शकले हेरेका छन् । अपलोड गरिएका एक महिना नपुग्दै यो लोक लयको गीतलाई यति धेरै पटक हेरिएको हो । भिडियो हेर्नुस् :

टंक बुढाथोकीको संगीत रहेको गीतमा लोकराज अधिकारीको शब्द छ भने स्वरमा टंकलाई मिना निरौलाले साथ दिएकी छन् । कविराज कोरियोग्राफी रहेको गीतको भिडियोमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की जस्ता अग्रज तथा अहिलेका स्टार कलाकारहरुले नाचेका छन् ।

मह सञ्चार र कलाकार किरण केसीको संयुक्त निर्माण रहेको ‘शत्रु गते’ लाई प्रदीप भट्राईले निर्देशन गरेका हुन् । छायाँकन दिर्घ गुरुङले गरेका हुन् । फिल्म चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha