‘शेर बहादुर’ पोस्टरमा मेनुका अगाडी

अवकाश प्राप्त एक आर्मी को कथामा निर्माण भएको फिल्म ‘शेर बहादुर’को पोष्टर सार्वजनिक गरिएको छ । निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर पछिल्लो पटक सार्वजनिक गरिएको हो । ‘शेर बहादुर’ आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ ।

फिलमको शिर्ष पात्र वरिष्ठ कलाकार सुनिल थापा, कर्म, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । एक्सन, रोमान्स, ड्रामा समावेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्म आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुदैछ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।

फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई प्रमोढ क्षेत्रीले लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha