‘मंगलम’ गीतलाई ६० लाख, छवि भन्छन्, ‘अर्गानिक भ्युज’

फिल्म ‘मंगलम’ मा समावेश लोक लयको गीत ‘पर्ख पर्ख मायालु’ लाई युट्युवमा करिब ६५ लाख पटक हेरिएएको छ । फिल्मको गीतले यति धेरै भ्युज कमाएपछि निर्माता छविराज ओझा दंग छन् । भन्छन्, ‘गीत हिट भैसक्यो अब फिल्म पनि चल्छ भन्नेमा ढुक्क छु ।’ भिडियो हेर्नुस् :

साढे चार महिनामा गीतले पुयर्याएको ६४ लाख बढी भ्युज अर्गानिक रहेको निर्मता ओझा दाबी गर्छन् । ‘हाम्रो भ्युज अर्गानिक हो । भ्युज बढाउन हामीले केही गरेका छैनौं ।’ दीपक शर्मा शब्द तथा संगीत रहेको गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर छ । शिल्पा पोखरेल र पुष्प खड्का फिचरिंग भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । ‘मंगलम’ फागुन २५ देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha