यस्तो छ ‘कोहलपुर एक्सप्रेस’ को ‘सिओ डब्ल्यु काउ’

फिल्म कोहलपुर एक्सप्रेस को ‘सिओ डब्ल्यु काउ’ को भिडियो रिलिज गरिएको छ । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर रहेको लोक लयको गीत सार्वजनिक गरिएको हो । स्वरमा सिवाकोटीलाई मेलिना राईले साथ दिएकी छ् । भिडियो हेर्नुस् :

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा नायिका रिमा विश्वकर्मा, केकी अधिकारी र गम्भिर स्वयमले कम्मर मर्काएका छन् । विशाल भण्डारी निर्देशित फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मलाई आगामी बैशाख महिनामा प्रदर्शनमा ल्याईने निर्माण टिमको योजना छ । नायिका केकी अधिकारी, भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौंलागाईंले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha