सुदर्शन र पूजाले फिल्मको नाम राखे ‘रामकहानी’

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने फिल्मको नाम तय गरिएको छ । निर्देशक थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्मको नाम ‘रामकहानी’ राखिएको खुलाएका हुन् ।

कमेडी लभ स्टोरी जनराको ‘रामकहानी’ मा नायिका पूजा शर्मा, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको मुख्य भूमिका रहनेछ । फिल्मको लागि नायक भने तय हुंन बाँकी छ । यतिबेला फिल्म युनिट स्क्रिप्टमा बसिरहेको छ ।

‘राम कहानी’को छायाँकन माघको अन्त्यदेखि सुरु हुनेछ । यो फिल्मको लागि केदारले दश लाख र जितुले सात लाख पारिश्रमिक लिएका छन् । जसको निकै चर्चा भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha