कार्टुञ्ज क्रुका सरोजसँग धमला पत्नीको रोमान्स

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको छायाँकन दुई वटा गीत बाँकी राखेर सकाइएको छ । त्रिपुरेश्वरको एक क्लबमा गरिएको ’कान्छा दाई गाना बजाइ देऊ न’ बोलको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारी फिचरिङ छन् ।

ताराप्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा तारा र ममता गुरुङको स्वर छ । भिडियाको कोरियोग्राफी बिक्रम स्वारले गरेका छन् । भिडियो चाँडै नै सार्वजनिक गर्ने निर्देशक सत्यराज चौलागाईंले बताए । ‘अनुराग’ मा एलिजाको अपोजिटमा नव नायक समुन्द्र पण्डित प्रस्तुत भएका छन् ।

एरिका फिल्म्सको ब्यानरमा बनेको अनुराग सांगीतक प्रेम कथा बोकेको फिल्म हो । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha