शिल्पा पोखरेल सिक्स प्याक बनाउँदै

पछिल्लो समय कलाकारहरु फिल्ममा निभाउने भूमिकाप्रति सजग देखिदै गैरहेका छन् । स्क्रिप्टमा कल्पना गरिएको पात्रलाई पर्दामा दुरुस्त उतार्न उनीहरु हदैसम्म मिहेनत गर्न थालेका छन् । यस्तैमा नायिका शिल्पा पोखरेल पनि नयाँ फिल्मको लागि दह्रो अभ्यासमा उत्रिएकी छिन् ।


छविराज प्रोडक्सनले निर्माण गर्ने नयाँ फिल्ममा शिल्पा सिक्स प्याकमा प्रस्तुत हुँदैछिन् । यसैले उनी प्रत्येक दिन जिमखाना धाउँछिन् अनि पसिना बगाउँछिन् । ‘भर्खर एक महिना मात्रै भयो जिम जान थालेको, शिल्पाले सुनाइन्, अझै चार केजी घटाउनु छ । प्याक त कहिले निस्किन्छ थाहै छैन ।’ शिल्पा, पुष्प र पृथ्वीराज प्रसाईंसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शिल्पाले अभिनय गरेको पछिल्लो फिल्म ‘मंगलम’ फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । छविराज ब्यानरमै निर्माण भएको फिल्ममा शिल्पा र नायक पुष्प खड्का मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha