‘म यस्तो गीत गाउँछु’ को अर्को गीतलाई करोड भ्युज

फिल्म ‘म यस्तो गीत गाउँछु’ को किन आजकल को भिडियो युट्युवमा एक करोड पटक हेरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मको यो दोश्रो गीत करोड क्लवमा पुगेको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीतकार पोखरेलकै स्वर छ । कविराजज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा पल शाह र पूजा शर्मा फिचरिंग छन् । भिडियो हेर्नुस् :

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ को सबै गीतहरु हिट छन् । भन्छु आज, किन आजकल र कहाँ छ र जीन्दगीको भर लाई दर्शक तथा श्रोताले अत्याधिक रुचाएका छन् । तीनै गीतलाई पोखरेलले संगीत दिएका छन् । यो टिम हाल ‘रामकहानी’ निर्माणमा व्यस्त छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha