यस्तो छ श्वेता खड्काको ‘कान्छी’ को ट्रेलर

श्वेता खड्काको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार प्रेसमिट गर्दै श्वेताले फिल्मको प्रोमो सार्वजनि गरेकी हुन् । आकाश अधिकारी निर्देशित फिल्मको प्रोमो हरेक उमेर समुहका दर्शकलाई लक्षित गरिएको छ । श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको ‘कान्छी’ को प्रोमो यस्तो छ :

फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटको संगीत रहेको ‘कान्छी’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । निर्माताको रुपमा श्वेताका शैलेश खड्का र रविन खड्का सह निर्माताको रुपमा रहेका छन् । लेखन याम थापाको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha