‘गरुड पुराण’ मा कर्म, नाजिर, प्रविन र प्रियंका

कमेडी बेसमा फिल्म ‘गरुड पुराण’ बन्ने भएको छ । सुशन प्रजापति र सुवास कोइरालाको संयुक्त निर्देशन रहने फिल्ममा कर्म, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन, लगायत कलाकारहरुको अभिनय रहेनछ । यसै फिल्म मार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्नेछिन् ।

फिल्ममा लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । यसै साताबाट छायाँकनमा जाने फिल्मका प्रस्तुतकर्ता सुशन प्रजापति रहेका छन् । अजित फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ । फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ ।

फिल्मलाई सुशनले नै खिच्नेछन् भने यसमा कसम नेपालको कथा तथा आकाश बराल , बिनोद खतिवडा , सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । अजित प्राजपति निर्माता रहेको फिल्मका सह-निर्माता अशोक गौतम रहेका छन् । फिल्मको सम्पादन उज्वल ढकालले गर्नेछन । फिल्ममा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha