माग्ने बुढाले भेट्टाए आफ्नै डुब्लिकेट !

राजेश हमाल, अनमोल केसी, साम्राज्ञीराज्य लक्ष्मी शाह पछि अब चर्चित हाँस्य व्यांग्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको पनि डुब्लिकेट भेटिएका छन् । माग्ने बुढाको डुब्लिकेट कुनै मिडिया या व्यक्तिले भने भेट्टाएका होइनन् । उनी आफैंले आफु जस्तै अनुहार भएका व्यक्ति पत्ता लगाएका हुन् । आखिर को हुन त माग्ने बुढाको डुब्लिकेट ?

माग्ने बुढा आफैंले खुलाए अनुसार उनको डुब्लिकेट नृत्य निर्देशक शिव वि.क हुन् । लोक दोहोरीका व्यस्त नृत्य निर्देशकसँग विफी खिचेर केदारले आफ्नो फेसुबकमा फोटो सेयर गरेका छन् । ‘म जस्तै देखिने यी व्यक्ति हुन् मित्र नृत्य निर्देशक शिव विक’ भन्दै केदार घिमिरे माग्ने बुढाले फेसबुकमा फोटो हालेका हुन् । केदार र शिवबिच विशेषतः दाह्री मिल्न आउँछ । अरु के के मिल्छ ? फोटो हेरेर तपाईं आफैं पत्ता लगाउनुस् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha