‘रानीमहल’ मा बर्षा र आशिषको जोडी

नेपाली समाजमा प्रेमको प्रतिकको रुपमा हेरिएको ‘रानीमहल’ को नाममा फिल्म बन्ने भएको छ । स्वस्तिक फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा नायिका बर्षा सिवाकोटी र नव नायक आशिष अधिकारी मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्ममा हिमाल न्यौपानेको निर्देशन रहनेछ ।

पाल्पामा रहेको रानीमहल दरबारसँग फिल्म सम्बन्धित नरहने खुलाइएको छ । ‘यो एक विशुद्ध त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो’, प्रेस विज्ञप्तीमा उल्लेख छ । डेढ करोड लागनीमा बन्न लागेको फिल्मको माघको तेश्रो सातादेखि छायाँकन सुरु हुनेछ । पैतालिस दिन तालिका रहेको रानीमहललाई बुटवल, भैरहवा, चितवन, स्यांजा, पाल्पा र काठमाण्डौंमा खिचिनेछ । दीपक पौडेलको छायाँकन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको कथा संगीत रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् ।


‘रानीमहल’मा बर्षा र आशिषसँगै कलाकारहरु नीर शाह, विएस राणा, केशव भट्टराई, सुस्मिता बम्जन, प्रशान्त ताम्रकार, रश्मी भट्ट, उमा बेबी, बिष्णु सापकोटा, नगेन्द्र रिजाल, साहित श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पाखरेल लगायत कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha