साउन १ देखि बक्स अफिस : बधाई वोर्ड अध्यक्ष पौडेल

अन्ततः नेपाली फिल्म हलहरुमा बक्स अफिस लागु हुने भएको छ । चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बिहिबार (माघ १० गते) बसेको बैठकले ०७५ साउन १ गतेदेखि फिल्म हलहरुमा बक्स अफिस प्रणाली लागु गर्ने निर्णय भएको हो । विकास वोर्डबाट जारी प्रेस विज्ञप्ती पढ्नुस् :

चलचित्र विकास वोर्डमा निकिता पौडेल नियुक्त भएसँगै बक्स अफिस प्रणाली लागु हुने पक्का भएको हो । विगतका दुई अध्यक्ष धर्मेन्द्र मोरवैता पप्पु र राजकुमार राईले आफ्नो कार्यकालमा बक्स अफिस लागु गर्न असफ भएका थिएनन् । विविध चर्चाका बिच विकास वोर्डमा नियुक्त भएकी निकितालाई बक्स अफिस जस्तो आवश्यक प्रणाली लागु गर्न सफल भएकोमा हार्दिक बधाई !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha