‘शत्रु गते’ को स्वराङ्कन अन्तिम चरणमा

मल्टीस्टारर फिल्म ‘शत्रु गते’ को डबिङ कार्य अन्तिम चरणमा पुगेको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, दीपाश्री निरौलाले आफ्नो डव सकाएका छन् । उनीहरुपछि आँचल शर्मा, प्रियंका कार्की , शिव हरि पौडेल र दीपकराज गिरीले डव गर्नेछन् ।

चैत ९ गतेदेखि प्रदर्शनमा आउने ‘शत्रु गते’ को ‘रुपै मोहनी’ गीत हिट भैसकेको छ । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । यस्तै रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्माको जोडीलाइ पनि दर्शकले देख्न पाउनेछन् । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha