रिलिजको मुखमा किन स्कटल्याण्ड उड्यो ‘कृ’ टिम ?

प्रदर्शन मिति नजिकिंदै गर्दा ‘कृ’ टिम विदेश उडेको छ । फिल्मको बाँकी एउटा गीत खिच्न दश जनाको टिम शुक्रबार राती स्कटल्याण्ड उडेको हो । एक सातामा ‘कृ’ टिम नेपाल फर्किनछ । फिल्म यही माघ २६ देखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

युवा स्टार अनमोल केसी, नायिका अदीति बुढाथोकी, निर्माता भुवन केसी, निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान र प्रोडक्सन हेड शंकर पाण्डे स्टल्याण्ड जाने टिममा समावेश छन् । यस्तै भुवन प्रेमिका जिया केसी पनि उक्त टिममा समावेश छिन् । तर इयरपोर्टमा भने जिया मिडियासँग तर्किइन् । अनमोल, अदीति र भुवनले स्कटल्याण्ड उड्नु अघि यसो भने । भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha