दरबारमार्गमा यस्तो अवस्थामा भेटिइन् सृष्टि !

नायिका सृष्टि श्रेष्ठ खैनी, तमाखु र सुर्तिजन्य पदार्थ सेवन गर्दिनन् । तर बिहिबार भने सृष्टि दरबारमार्गस्थित डेजाबु बारमा चुरोट चान्दै थिइन् । डेजाबुमा सृष्टि एक्लै थिइनन्, सय बढी अन्य युवायुवतीमा पनि आफ्नै मुडमा मस्ती गर्दै थिए ।

यी दृश्यहरु थिए, फिल्म लाउरेको । फिल्ममा सृष्टि विन्दास युवतीको भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्ममा सृष्टि र गायक नरेन लिम्बु मुख्य भूमिकामा छन् । निगम श्रेष्ठले निर्देशन गर्दै गरेको फिल्मको केही दिनदेखि राजधानीका विभिन्न स्थानहरुमा छायाँकन भैरहेको छ ।

सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र वियशराज श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्म लाउरेका कार्यकारी निर्माता बुद्धिलाल मगर हुन् । सुनिल रावलले बनाएको सायद २ असार ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha