‘प्याचअपको सम्भावना असम्भव’ : नीता-आमेश

नायक आमेश भण्डारी र नायिका नीता ढुंगानाले आफुहरुबिच प्याचअपको सम्भावना असम्भव रहेको बताएका छन् । ब्रेकअप भएको दुई बर्षपछि मिडियामा एकसाथ कैद भएका उनीहरुले पुनः प्रेमको सम्भावनाको ढोकालाई बन्द गरेका हुन् । हेर्नुस् पुरा हेर्नुस् :

के तपाईहरुबिच प्याचअपको सम्भावना छ ? भन्ने प्रश्नमा आमेश भन्छन्, हामी दुवै जना आ आफ्नै बाटोमा मोडिसकेका छौं । फेरी पछाडी जानु भन्दा अगाडी जानु नै राम्रो होला । अब हामी साथी नै ठिक छौं । साथी बन्नु जत्तिको आनन्द केही पनि छैन् ।

यस्तै प्याचअपको सम्भावना बारे सोधिएको प्रश्नमा नीता भन्छिन्, माया गर्ने मान्छे सँगै हुनुपर्छ भन्ने पनि छैन । कुनै समय हामी एक अर्कालाई माया गथ्र्यौं । बिचमा टाढा भयौं । अब फेरी सँगै हुनुपर्छ भन्ने छैन ।

पुन प्रेमको सम्भावनालाई टारेका आमेशले नीतासँग फिल्म कुनै आपत्ती नरहेको आमेशले बताए । ‘फूलै फूलको मौसम तिमीलाई’ पछि कसले दोहोर्याउला त ‘ब्रेकअप जोडी’ नीता र आमेशलाई ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha