‘कान्छी’ को ‘चरी चट्ट’ लाई रिलिज अगावै एक करोड

फिल्म ‘कान्छी’ को ‘चरी चट्ट परी’ बोलको गीतको भिडियोलाई युट्युवमा एक करोड पटक हेरिएको छ । राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई युट्युवमा अपलोड गरिएको तीन महिनामा एक करोड भन्दा बढी पटक हेरिएको हो । भिडियो हेर्नुस् :

स्वरमा राजनराजलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । बसन्त श्रेष्ठको कोरियोग्राफी भिडियोमा ‘कान्छी’ अर्थात् नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई फिचरिंग छन् । फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । याम थापाको लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, हिमाल केसीको द्धन्द्ध निर्देशन, संगीतकार सिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको छ ।

श्वेता खड्का र शैलेश खड्काको संयुक्त लगानी छ रहेको फिल्ममा दया र श्वेतासँगै कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । श्वेतासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha