कामना अवार्डमा विपिन र सृजना उत्कृष्ट

मंगलबार सम्पन्न कामना फिल्म अवार्डमा फिल्म ‘छक्का पञ्जा’ उत्कृष्ट भएको छ भने फिल्म ‘गाजलु’ बाट हेमराज विसीले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । विपिन कार्की (जात्रा) उत्कृष्ट अभिनेता र सृजना सुब्बा (डाइगं क्यान्डल) उत्कृष्ट अभिनेत्रीको अवार्ड पाए । नव निर्देशकको हकदार दिपाश्री निरौला बन्दा आर्यन अधिकारी ‘के म तिम्रो होइन र’ बाट नव नायिकको अवार्ड उचाले । यस्तै फिल्म ‘गाजलु’ बाट सृष्टि श्रेष्ठले नव नायिकाको अवार्ड पाइन् ।

हेर्नुस् कामना फिल्म अवार्ड विजेताको पुरा तालिका :

फिल्मः छक्का पञ्जा
निर्देशकः हेमराज बिसी ‘गाजलु’
अभिनेताः विपिन कार्की ‘जात्रा’
अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’
सह–अभिनेताः जितु नेपाल, छक्का पञ्जा
सह– अभिनेत्रीः गौरी मल्ल, होमवर्क
खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र
नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु
बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल
कथाः हेमराज बिसी, गाजलु
पटकथाः प्रदिप भट्टराई, जात्रा
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’
छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल
द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र
सम्पादनः सुरेन्द्र पौडेल, गाजलु
शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल
ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु
पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र
नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा
पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)
संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)
लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha