आँचलको सिउँदोमा पलको सिन्दुरको धर्को (भिडियो)

फिल्म ’शत्रु गते’को दोस्रो गीत ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत, अर्जुन भट्टराईको शब्द रहेको गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन् । भिडियो हेर्नुस् :

प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् ।

पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन रहेको छ । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha