आर्यन र साम्राज्ञीको ‘कायरा’ लुक्स रिलिज

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको फिलिपिन्सबाट फिल्म ‘कायरा’ का केही तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तस्विरमा आर्यन र साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आर्यनको घाँटीमा गिटारको ‘ट्याटु’ पनि छ ।


सार्वजनिक तस्बिरले ‘कायरा’ मा आर्यन संगीतको पारखी र साम्राज्ञी लभर गर्लको भूमिका हुन सक्ने अनुमान लगाउन सकिन्छ । आर्यनको आफ्नै होम प्रोडक्सन आर्यन इन्टरटेनमेन्टबाट निर्माण भैरहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । पहिलो पटक सोलो रुपमा फिल्म निर्माणमा उत्रिएका आर्यनको ‘कायरा’ साम्राज्ञीको ईन्ट्रीसँगै चर्चासँगै प्रतिक्षामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha