ट्रेन्डिङ नम्वर १ मा ‘कोहलपुर एक्सप्रेस’को ‘काउ सङ्ग’

एक साता अघि अपलोड गरिएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ‘सिओडब्लु काउ’ गीत युट्युव ट्रेन्डिङ नम्वर एकमा पुनः पर्न आएको छ । राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको यो गीत १४ लाख बढी भ्युज कमाउँदै ट्रेन्डिङको पहिलो नम्वरमा फेरी आएको हो । भिडियो हेर्नुस् :

गीतमा राजनलाई मेलिना राईले साथ दिएकी छन् । रिमा विश्वकर्मा र केकी अधिकारीले कम्मर मर्काएको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् । गम्भिर आफैं र कलाकार विनोद न्यौपानेले भिडियोमा नाचेका छन् ।

विशाल भण्डारीको डेव्यु निर्देशन रहेको कोलपुर एक्सप्रेस मा केकी सहित, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म निर्माणमा केकीलाई भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद न्यौपानेले साथ दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha