कसको प्रेममा खलनायक बने निखिल ? (रुद्र प्रोमो)

निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘रुद्र’ को प्रोमो रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै रामजी लामिछाने निर्देशित फिल्मको प्रोमो रिलिज गरिएको हो । प्रोमोमा निखिलको एक्सन र नव कलाकारद्वाय विश्व शर्मा र साराको रोमान्स देख्न सकिन्छ । प्रोमो हेर्नुस् :

साउन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्र’ मा निखिल खलनायकको रुपमा प्रस्तुत भएका छन् । विश्व र साराको प्रेममा निखिल भिलेन बन्न आउने प्रोमोमा देखिन्छ । निखिल, विश्व र सारासँगै रुद्रमा रोयदिप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर ओली, अनिल पाण्डे लगायत, वितरक गोपालकाजी कायस्थको अभिनय रहेको छ ।

हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा दिनेश सुनाम र निखिल आफैंले पनि संगीत दिएका छन् भने कोरियोग्राफी निर्देशक लामिछाने नै गरेका हुन् । एक्सन लभ स्टोरी फिल्म रुद्रले दर्शकलाई कत्तिसम्म आकर्षण गर्ला ? साउन १३ सम्म प्रतिक्षा गरौं ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha