प्रदीप र प्रियंकाको ‘लिलिबिली’ चैत ३० मै

प्रदीप खड्का र प्रियंका कार्की स्टारर फिल्म ‘लिलिबिली’ अन्ततः आउँदो नेपाली नयाँ वर्षकै अवसरमा प्रदर्शन हुने भएको छ । बलिउडको बहुप्रतिक्षित फिल्म २.० ले उक्त मितिमा आफ्नो रिलिज स्थगन गरेपछि प्रदीपको चौथो फिल्म चैत ३० मा लाग्ने भएको हो ।


‘लिलिबिलीलाई चैत ३० रिलिज गर्ने निर्णय गरेका छौं’, निर्देशक मिलन चाम्सले भने, ‘यही मितिलाई ध्यानमा राखेर काम भैरहेको छ ।’ लभ स्टोरी फिल्म ‘लिलिबिली’ मा प्रदीपसँगै नायिका प्रियंका कार्की र नव नायिका जसिता गुरुंगको मुख्य भूमिका रहेको छ । गीत हेर्नुस् :

गोविन्द शाही र सुदीप खड्काको संयुक्त लगानी रहेको लिलिबिली को सम्पूर्ण छायाँकन युरोपमा गरिएको हो । फिल्मको ‘इज इट लभ’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha