माघ २३ मा ‘कान्छी म्युजिकल नाइट…’

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेत श्री फाउण्डेशनले स्व.अभिनेता श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन यही माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट’ को आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा कान्छी टिम सहित नेपाली फिल्म र साँगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागीता रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन् ।

‘हामीले फिल्म र साँगीतिक क्षेत्रका सबै व्यत्तिलाई निमन्त्रण दिएका हौं’, श्वेताले भनिन्, ‘आशा छ हाम्रो निमन्त्रणा लाई स्विकार गरेर सबैजना उपस्थित भइ कार्यक्रमको शोभा बढाउनु हुनेछ।’ कार्यक्रममा ‘कान्छी’ अर्थात् श्वेता खड्का, अभिनेता दयाहाङ राई, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्य व्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले विशेष प्रस्तुत दिनेछन् । कार्यक्रम लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई पुर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछन् ।

विशेषतः माझी बस्ती निर्माणमा सहयोग जुटाउन ‘कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट’ को आयोजना गरिएको श्वेताले बताइन् । ‘फागुन ४ गतेदेखि प्रदर्शनमा आउने कान्छी को पनि यही अवसरमा सबैलाई जानकारी गराउँछौं’, श्वेताले भनिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha