युट्युव ट्रेन्डिङ नम्वर एकमा ‘जात्रा’

गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म जात्रा युट्युव रिलिज भएको छ । शुक्रबार साँझ अपलोड गरिएको यो फिल्मलाई शनिबार साँझसम्म ३ लाख ३७ हजार बढीले हेरेका छन् भने नेपाल युट्युव ट्रेन्डिङको पहिलो स्थानमा छ । हेर्नुस् पुरा फिल्म :

प्रदीप भट्टराई निर्देशित फिल्म जात्रा मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् । विपिनको साथमा रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, बर्षा राउत र प्रक्ष्या बज्रचार्य, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।

षटकोण आर्टस् प्रोडक्सनको प्रस्तुती रहेको जात्रा लाई रविन्द्र सिंह बानियाँले निर्माण गरेका हुन् भने सिंहे लामा र यादव पौडेल निर्माताको रुपमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha