दर्शकले रुचाए ‘शेरबहादुर’, कस्तो छ त व्यापार ?

अभिनेता सुनिल थापा शिर्ष भूमिकामा प्रस्तुत भएको फिल्म ‘शेरबहादुर’ लाई दर्शकले रुचाएका छन् । शनिबार सुनिल र फिल्मका अर्का कलाकार रविन्द्र झा दर्शक प्रतिक्रिया बुझ्न हल हल गएका पुगेका थिए ।

शनिबार गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा सुनिल थापा र रविन्द्र झा दर्शकबाट घेरिए । फिल्म राम्रो रहेको प्रतिक्रिया दिंदै दर्शकले शेरेबहादुर र बिहारीसँग सेल्फी खिचे । आर राजवंशी निर्देशित फिल्ममा सुनिल र रविन्द्र सहित कर्म, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले क्रियटिभ निर्देशकको रुपमा काम गरेका छन् । गौरी शंकर धुजु र धिरज राजबंशीको संयुक्त निर्माण छ । शुक्रबार ठिकै व्यापार गरेको फिल्म शनिबार भने केही राम्रो व्यापार गरेको वितरकको भनाई छ । प्रिमियरको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha