‘रुद्रप्रिया’ मा रेखाको एउटा तस्बिरले बोकेको अर्थ

नायिका रेखा थापा यतिबेला फिल्म ‘रुद्रप्रिया’ छायाँकनको लागि बन्दीपुरमा छिन् । सुटिङ स्थल बन्दीपुरबाट रेखाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एकल तस्बिर आइतबार पोस्ट गरेकी छिन् । रेखाले पोस्ट गरेको उक्त एउटा तस्बिरले अनेक अर्थ लगाउँछ ।

तस्बिरमा रेखाको निर्दोषपना देखिन्छ । उनको जीवनबाट बहुमूल्य रत्न हराएको छ । तर उनी आफैंमा हराए जस्तो देखिन्छिन् । वरपर मानिसको भिड भएपनि उनमा शून्यता मात्रै छ । यस प्रकारको तस्बिर सार्वजनिक भएसँगै ‘रुद्रप्रिया’ मा रेखाको भूमिकाप्रति उनका ‘फ्यान’ हरुमा थप उत्सुकता बढेको छ । सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको ‘रुद्रप्रिया’ मा रेखा हालसम्मका फिल्महरु भन्दा भिन्न भूमिकामा प्रस्तुत हुने बताइएको छ । ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा नायक आर्यन सिग्देल प्रस्तुत भएका छन् । फिल्म ‘कसले चोर्यो मेरो मन’ पछि खेलेको सात वर्षपछि उनीहरुले एकसाथ ‘रुद्रप्रिया’ अभिनय गरेका हुन् । रेखा र आर्यनको प्रतिक्षित फिल्म कात्तिक २ गते लक्ष्मी पूजा देखि प्रदर्शनमा आउनेछ ।

रेखा फिल्मसको प्रस्तुती रहेको फिल्ममा रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजराज सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha