सलोन र साराको ‘सुश्री सम्पत्ति’ फागुन १५ देखि सुरु

नायक सलोल बस्नेत र नायिका सारा शिर्पाइलीको मुख्य भूमिकामा बन्न लागेको फिल्म ‘सुश्री सम्पत्ति’ को आइतबार प्रेसमिट गर्दै औपचारिक निर्माणको घोषणा गरिएको छ । फागुन १५ गतेदेखि फिल्मको छायाँकन सुरु हुने प्रेसमिटमा जानकारी गराइयो ।


सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशन रहने फिल्म सुश्री सम्पत्ति लाई निर्माता रमेश त्वायनाले निर्माण गर्दैछन् । फिल्मको सबैजसो सुटिंग पोखरामा हुने निर्माता त्वायनाले जानकारी दिए । केही सिन मात्रै भत्तपुरतिर हुन्छ, यसअघि आधी बाटो फिल्म निर्माण गरेका निर्माता त्वायनाले भने, सबै मिलेर फिल्मलाई ब्लकबस्टर बनाउँनु पर्छ ।

निर्देशक आचार्यकै कथा रहेको सुश्री सम्पत्ति मा नायिका प्रियंका कार्की विशेष भूमिकामा प्रस्तुत हुँदैछिन् । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारत बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी केसी, रञ्जित कोइराला, विनोद पौडेल र सन्तोष खनाल लगायत कलाकारले फिल्ममा अभिनय गर्दैछन् ।

सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने फिल्म अर्जुन तिवारी एण्ड टिमले खिच्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha