साम्राज्ञीलाई नीताको सटाएर !

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई अर्की नायिका नीता ढुंगानाले सटाएर हानेकी छन् । आइतबार प्रोमो लञ्च कार्यक्रममा नीताले साम्राज्ञीको नाम त लिइनन् । तर अप्रत्यक्ष रुपमा नीताले साम्राज्ञीलाई व्यांग्य भने हानिन् । साम्राज्ञीको कुन करालाई नीताले हानिन् त व्यांग्य ?


तपाईलाई गाउँले युवतीको भूमिका फाप्ने रैछ है ? भन्ने प्रश्नमा नीताले हाँस्दै, ‘खै कोही कलाकार गाउँले खेल्दै खेल्दिन भन्छन् । मलाई चाहिं गाउँले मात्रै भूमिका मिल्छ’, भन्ने उत्तर दिइन् । नीताको यो व्यांग्य सिधै साम्राज्ञीलाई हो भन्ने कानेखुसी कार्यक्रममा चल्यो । उसो त ‘पञ्चायत’ मा नीभाएको चौध वर्षिय गाउँले भूमिकाले सान्फ्रान्सिको चलचित्र महोत्सवमा नीताले उत्कृष्ट नायिकाको अवार्ड समेत पाएको खुलाइन् ।

अशोक शर्माले निर्माण तथा निर्देशन गर्ने फिल्मका लागि नायिका शाहले गाउँले भूमिका भएकै कारण फिल्म छोडेको भन्ने चर्चा चलेको थियो । अहिले भने उक्त फिल्मका लागि नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha