अनमोल र अदीतिले ‘जानी नजानी के गरे’ ? (भिडियो)

स्कटल्याण्डमा छायाँकन गरिएको छ फिल्म ‘कृ’ को ‘मैंले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । नायक अनमोल केसी र नायिका अदीति बुढाथोकी फिचरिंग गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका छन् । भिडियो हेर्नुस् :

विशेष पाण्डेको संगीत रहेको गीतमा रोदित भण्डारीको स्वर तथा शब्द रहेको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सपर काजोल फिल्मस्को प्रस्तुती रहेको कृ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सिनेम्याटोग्राफी पुरुषोत्तम प्रधानको छ । फिल्ममा सुवास गिरी र भुवन केसीको संयुत्त लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् । अनमोल र अदीतिसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

अनमोल र अदिती सँगै ‘कृ’ मा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha