श्वेताको ‘वर्थ डे’ : घरमा जुठो तर ‘सप्राइज नै सप्राइज’

‘कान्छी’ रिलिजको संघारमा रहेकी नायिका तथा निर्मात्री श्वेता खड्काको सोमबार माघ २२ गते जन्मदिन परेको छ । सबैकी प्यारी श्वेताको जन्मदिन कस्तो रह्यो त ?


‘यसपाली त सप्राइज नै सप्राइज भयो’, मंगलबार ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ कार्यक्रमको चटारोमा रहेकी श्वेताले भनिन्, ‘तर घरमा जुठो परेकाले पूजा आजा गरेर सबैसँग बसेर जन्मदिन मनाउन चाहिं पाइन्।’ श्वेता दुई सातादेखि स्व.श्रीकृष्ण श्रेष्ठकी ठुली आमाको जुठो बारिरहेकी छन् । घरमा परेको जुठोकै कारण पैंतालिस दिनसम्म पूजाआजा नगर्ने पनि श्वेताले बताइन् । तरपनि घरमा भाई, अफिस र हिमालयन जाभाका स्टाफले उनलाई ‘सप्राइज वर्थ डे केक’ काटिदिए ।

आफुलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना र शुभेच्छा दिने सबैलाई श्वेताले धन्यवाद दिइन् । ‘सबैको मायाले मलाई अगाडी बढ्ने हिम्मत आएको छ । आगामी दिनमा पनि मलाई यसरी नै माया गरिरहनु होला’, श्वेताले भनिन् ।

उनको अभिनय तथा निर्माण रहेको फिल्म ‘कान्छी’ आउँदो फागुन महिनाको फागुन ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । आकाश अधिकारी निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई श्वेताको अपोजिटमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha