एक्सन जनराको ‘जाइरा’ मा नम्रता र अनुपको जोडी

फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने गरी फिल्म ‘जाइरा’ निर्माणको घोषणा गरिएको छ । ट्रेन्डसिटर्स प्रा.लि.ले बनाउने लागेको फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो ।

एक्सन जनराको फिल्म ‘जाइरा’ मा नायिका नम्रता श्रेष्ठ, नायक अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, कलाकारहरु प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ । फिल्मको लागि यतिबेला टिम प्रि प्रोडक्सनको अन्तिम अवस्थामा छ भने नायिका श्रेष्ठले फाइट समेत सिकिरहेकी छन् ।

बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने ‘जाइरा’ मा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहनेछ । फिल्ममा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha