आकाश र नाजिरसँग साम्राज्ञी, ‘तिमी सँग’ टिजर कस्तो छ ?

युवा कलाकारहरुको अभिनय रहेको फिल्म ‘तिमी सँग’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । टिजर रिलिज गर्दै लेखक, निर्माता तथा निर्देशक शिशिर राणाले आफ्नो फिल्मको रिलिज मिति भदौ ८ गतेलाई तोकेका हुन् । टिजर :

संवाद बिनाको ‘तिमी सँग’ को टिजर आकर्षक लाग्दछ । टिजरमा फिल्मका मुख्य तीन पात्रहरु साम्राज्ञी, आकाश श्रेष्ठ र नाजिर हुसेन प्रस्तुत छन् । साथमा सदाबहार अभिनेत्री करिश्मा मानन्धरको पनि केही झलकहरु छन् । करिश्माले फिल्ममा एक गीतमा नृत्य पस्केकी छिन् । तीन साथीहरुको यात्रालाई लिएर राणाले ‘तिमी सँग’ बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha