साम्राज्ञीको स्पष्टोत्ती, ‘गाउँले मन पर्दैन भनेको छैन’

नायिका सामाज्ञीराज्य लक्ष्मी शाहले आफुले गाउँले भूमिका मन नपरेर फिल्म नखेलेको भन्ने खबरको खण्डन गरेकी छन् । आफुले बोल्दै नबोलेको कुराको समाचार बनेको उनले दुःख समेत व्यक्त गरेकी छन् । सोमबार उनले फेसबुकमा लामो स्टाटस पोस्ट गरेकी छन् । पढ्नुस् पुरा स्टाटस :

‘मेरा आदरणिय दर्शक महानुभावहरु तथा हाम्रो फिल्म क्षेत्रका सम्पूर्ण अग्रज एवं समकालिन साथिहरुमा म साम्राज्ञीको तर्फबाट नमस्कार !

केहि दिनदेखि म फिल्म शुटिङको शिलसिलामा देश बाहिर रहेको अवस्थामा नेपालमा मैले बोल्दै नबोलेको र मैंले अहिलेसम्म सोच्दै नसोचेको कुरालाई समाचार बनाएर सम्प्रेषण गरिएको र उक्त समाचार सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको कारण मलाई अनावश्यक तनाव भईरहेको छ । साम्राज्ञीलाई “गाउँले मन पर्दैन” भन्ने शिर्षकमा सम्प्रेशित समाचारले गलत सन्देश दिन पुगेको कारण मेरा दर्शकहरुको मनमा पक्कै पनि चोट पुगेको छ, त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिकाहरु उत्तिकै प्यारा लाग्छन् र ति भूमिकाहरु निर्वाह गर्न पाए मैले केहि नयाँ कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ । त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषा लाइ उत्तिकै सम्मान गर्ने मान्छे हुँ । केहि कामको चाप अनि समयको अभाव र कार्य व्यस्तताको कारण मैंले आफुलाई आएका केहि अफर हरुमा काम गर्न सक्ने अवस्था थिएन त्यो मेरो नितान्त निजि मामला थियो, स्क्रिप्ट मन परेको थियो काम गर्ने टीम मन परेको थियो सबै कुरा मन परेर पनि समय अभावको कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिन । मैले मलाई दिइएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलाई गाउँले जीवन शैली मन नपरेर काम नगरेको पनि होइन् र कुनै वार्तालाप कुनै मिटिङ या कुनै समारोह मा मैले “मलाई गाउले मन पर्दैन” भन्ने अभिव्यक्ति दिएकी पनि छैन, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकी म हाम्रो देशको हरेक परिवेश लाइ उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किसिमका जीवन शैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु । सबैभन्दा दुःखको कुरा चर्चित न्युज पोर्टलमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार मित्रहरुले यस बिषयमा मेरो बिचार जान्ने या सत्यता प्रमाणित गरेर मात्र समाचार छाप्ने आफ्नो साधारण जिम्मेवारी सम्म पुरा गर्दिनु भएन त्यसमा मलाई अत्यन्तै दुःख लागेको छ । म मेरा सम्पूर्ण दर्शक वृन्द एवं शुभचिन्तक हरुमा यो आग्रह गर्न चाहन्छु कि ‘गाउँले मन पर्दैन’ भन्ने मेरो अभिव्यक्ति मैले दिएको होइन कसले आफ्नो व्यक्तिगत फाइदाको लागि यो सिर्शक को प्रयोग सुरु गर्यो या कसले कुन प्रमाणको आधारमा त्यो समाचार छाप्यो त्यो उनीहरु नै जानुन् –मेरा शुभचिन्तकहरु भ्रममा पर्नुहुने छैन र मलाई निरन्तर उत्तिकै माया गरिरहनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

-साम्राज्ञी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha