खगेन्द्रको ‘डमरुको डन्डीबियो’ फस्ट लुक्स रिलिज

अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म ‘डमरुको डन्डीबियो’ को फस्ट लुक्स रिलिज भएको छ । सार्वजनिक दुई पोस्टरमा अभिनेता लामिछाने मात्रै प्रस्तुत छन् । सार्वजनिक फिल्मको दुई पोस्टर हेर्दा डमरु पात्र जुझारु स्वभावको या क्रान्तिकारी हुन सक्ने अड्कल काट्न सकिन्छ ।


‘नोभेम्वर रेन’, ‘क्लासिक’ र ‘डायरी’को स्क्रिप्ट लेखेका छेतेन गुरुङको डेन्यु निर्देशन रहेको फिल्ममा खगेन्द्र सहित मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको संयुक्त लगानी रहेको फिल्मलाई हरी हुँमागाईले खिचेका हुन् ।


कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘डमरुको डन्डीबियो’ लाई प्रितम पाण्डेले सम्पादन गर्दैछन् । फिल्मको लेखन खगेन्द्र लामिछानेकै हो । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha