भतिजकी हिरोइनसँग आकाशको रोमान्स !

भनिन्छ नि मानिसको उमेर जति बढेपनि मानिसको मन चाहि जवान नै हुन्छ । चालिस कटेका निर्देशक तथा अभिनेता आकाश अधिकारीको मन पनि जवान नै रहेछ । यदि अधिकारी बुढो हुन्थे भने सायद झण्डै छोरीको उमेरकी हिराइनसँग ठुम्का लगाउँने थिएनन् ।

आकाशकै निर्देशनमा बनेको फिल्म ‘के म तिम्रो होइन र’ बाट नायिका मरिस्का मेरी पोखरेलले डेव्यु गरेकी थिइन् । उनको अपोजिटमा उनकै भतिज आर्यन अधिकारी प्रस्तुत भएका थिए । तर, पछिल्ला केही कार्यक्रमहरुमा भने निर्देशक अधिकारी भतिजकी हिरोइन पोखरेलसँग ठुम्का लगाइरहेका छन् । हेटौंडामा सम्पन्न उद्योग वाणिज्य संघको कार्यक्रमपछि अधिकारीले मरिस्कासँग कान्छी म्युजिकल नाइटमा ठुम्का लगाए ।


चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका आकाश अधिकारी एक समयका नायक हुन् । करिश्मा मानन्धरदेखि रेखा थापासम्म स्क्रिन सेयर गरेका आकाशको पछिल्ला गतिविधले भने उनका नायकिपन ताजै रहेको प्रष्टै हुन्छ । भन्नेहरुले भने आकाशको यो नायकीपनलाई ‘चालिस कटेसी रमाउने बानी’ बसेको भन्न भ्याए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha