राजेन्द्र खड्गी विरुद्ध मानव तस्करीको आरोप

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । बिहिबारको ‘नयाँ पत्रिका दैनिक’ मा यो खबर छापिएको छ ।


पत्रिकामा द्धन्द्ध निर्देशन खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम लिएर विभिन्न व्यक्तिलाई लैजाने गरेको उल्लेख छ । प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरियामा लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो । ‘निर्देशक खड्गीविरुद्ध अनुसन्धान हुँदैछ । वास्तविकता अनुसन्धानपछि खुल्नेछ,’ स्रोतको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha