सलमानको शोमा नाच्न नेपाली नायिकाले गरे अस्विकार

मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरुले नाच्न अस्विकार गरेका छन् । नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले सलमानको शोमा नाच्न अस्विकार गरेका हुन् । किन गरे त दबंग खानको शोमा नाच्न यी नायिकाले अस्विकार ?

‘हामीलाई सम्मान नै भएन’, नायिका स्वस्तिमा खड्काले सुनाइन्, ‘हामी सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा । अनी हामीले ननाच्ने भनेका हौं ।’ उनले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरिन् । ‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’ बुझिए अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो ।

यता ओडिसीका प्रमुख सिमान्त गुरुङले प्रस्ताव गरिएका नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने बताए । ‘यो कुरा हामीले सलमानलाई पनि भनिसकेका छौं’, उनले भने, ‘उहाँ छक्क पर्नु भयो ।’ कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको गुरुङले दाबी गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha