‘कृ’ को टिकट काट्नु भो !, बुकिङ खुला छ

युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ ले राजधानीका क्युएफएक्स अन्र्तगतका मल्टिप्लेक्स हलहरुमा शुक्रबार १८ वटा शोज पाएको छ । हिन्दी फिल्म ‘प्याडम्यानसँग’ शोज विभाजन गर्नुपर्दा अनमोलको फिल्म सार्वधिक शोज पाउनबाट वञ्चित भएको हो । यद्पी ‘कृ’ ले पाएको यो शोज संख्या उच्च हो । बुकिङ बुधबारबाटै खुला गरिएको छ ।

सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा निर्माण भएको ‘कृ’ देशका हरेक हलहरुमा लाग्नेछ । यस वर्षको बहुप्रतिक्षित फिल्म ‘कृ’ को सेन्सर पास बुधबार नै गरिएको छ । सेन्सर सदस्यले पिजी प्रमाण पत्र उपलब्ध गराएका छन् । द्धन्द्धका दृश्यका कारण ‘कृ’ लाई १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्नु पर्नेछ । अनमोल र अदीतिसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ मा अनमोलसँगै नायिका अदीति बुढाथोकी र अभिनेता अनपविक्रम शाही मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘गाजलु’ पछि दर्शकमाझ आउन लागेका अनमोलको यो फिल्म निकै प्रतिक्षामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha