‘मंगलम’ प्रोमो रिलिज, जान्नुस् कसको क्यारेक्टर के ?

छविराज प्रोडक्सनको फिल्म ‘मंगलम’ को प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा नायिका शिल्पा पोखरेलदेखि साम्राज्ञीराज्य लक्ष्मी शाह सम्म समावेश छन् । नवल नेपाल निर्देशित साढे दुई मिनेट लामो प्रोमोले फिल्म पारिवारिक प्रेम कथामा आधारित हुन सक्ने अड्कल काट्न सकिन्छ । प्रोमो हेर्नुस् :

प्रोमोमा नायक पुष्प खड्काको दुई रुपलाई देख्न सकिन्छ । पुष्प लभर व्वोय हुँदै ह्व्लि चियरसम्म पुगेका छन् । यस्तै शिल्पालाई एक विवाहित नारीको भूमिकामा छिन् । अर्का नायक पृथ्वीराज प्रसाईंलाई शिल्पाको पछि लागिरहेको देख्न सकिन्छ । वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री मिथिला शर्मालाई पनि प्रोमोमा स्थान दिइएको छ । बुझिए अनुसार फिल्मको कथाको सुरुवात र अन्त्य साम्राज्ञी बाटै हुनेछ ।


शिल्पा पोखरेल पहिलो पटक निर्माताको रुपमा रहेको ‘मंगलम’ फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको पर्ख पर्ख मायालु बोलको गीत हिट भैसकेको छ । शिल्पा, पुष्प र पृथ्पीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha