स्वस्तिमा भन्छिन्, ‘पारिश्रमिक सार्वजनिक गर्दिंन’

पछिल्लो समय कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुने गरेको छ । युवा पुस्ता माझ चर्चामा रहन सफल नायिका स्वस्तिमा खड्काको भने अहिलेसम्म फिल्म खेलेको पारिश्रमिक सार्वजनिक भएको छैन र चर्चा पनि छैन । व्यस्त हुँदै गएकी स्वस्तिमाको पारिश्रमिक कति हो त ? यो भिडियो हेर्नुस् :

‘यो त फिल्ममा आफ्नो भूमिका अनुसार भर पर्छ नि’, स्वस्तिमा भन्छिन्, ‘तर जति भएपनि म आफ्नो पारिश्रमिक चाहिं सार्वजनिक गर्दिंन । २० लाख पाएपनि मेरो पारिश्रमिक मिडियामा आउँदैन्।’ आफ्नो पारिश्रमिक कति भनेर पति निश्चल बस्नतेलाई समेत जानकारी नदिने स्वस्तिमाले बताइन् । ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा २’ पछि स्वस्तिमाको व्यस्तता बढ्दो छ । अझ ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीत सुपरहिट भएपछि त स्टेज कार्यक्रममा पनि स्वस्तिमाको डिमान्ड बढ्दो छ ।

अशोक शर्माको ‘जय भोले’ मा अनुबन्धित भएकी स्वस्तिमा ‘दुई रुपैयाँ’ को सिक्वेलमा पनि दोहोरिने चर्चा छ । तर उनले भने यस बारेमा फिल्म निर्माण टिमसँग कुनै कुरा नभएको दाबी गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha