‘पञ्चेबाजा’ मा किन ‘स्याड’ भए सौगात-जस्मिन (गीत)

फिल्म ‘पञ्चेबाजा’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘म के बोलौं’ बोलको गीतमा अभिनेता सौगात मल्ल, कर्म र नायिका जस्मिन श्रेष्ठ फिचरिंग छन् । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा राहुल विश्वासको स्वर तथा सविन एकतारेको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

घनश्याम लामिछाने निर्देशित फिल्म ‘पञ्चेबाजा’ मा सौगात, कर्म र जस्मिनसँगै अर्का अभिनेत्री सृजना सुब्बा, कलाकार बुद्धि तामांग लगायतको अभिनय छ । राजेश शाहीको निर्माण रहेको पञ्चेबाजा फागुन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha