‘गाँजा बाजा’ प्रोमोमा कुलतमा फसेका युवाको कथा

कुलतमा फसेका युवा पुस्ताको कथामा बनेको फिल्म ‘गाँजा बाजा’ को प्रोमो सार्वजनिक गरिएको छ । युवा कलाकारहरुको अभिनय रहेको फिल्म फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डे निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :

‘गाँजा बाजा’ मा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रविन थापा, उद्धव राज भट्टराई, अम्वर सुवेदी, गोपाल अर्याल, रक्षा श्रेष्ठ, कुविर सुब्बा, रन्धिर शाह, सुस्मा पाख्रिन, प्रकाश भूजेल, राजु थापा, श्याम भण्डारी, देवकुमार श्रेष्ठ, अंकित भण्डारी, जीवन भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक पाण्डेकै लेखन रहेको फिल्मलाई गोमा विष्टले निर्माण गरेकी हुन् । नामकै ‘गाँजा बाजा’ लाई चलचित्र विकास वोर्डले प्रदर्शनमा रोक लगाएको थियो । उक्त रोक्का फुक्का भएपछि निर्माण युनिट फिल्म प्रदर्शन गर्न तयार भएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha