‘भ्यालेनटाइन’ विशेष : यी हुन् दश चर्चित प्रेम जोडी

फेब्रअरी १४ अर्थात् प्रेम दिवस । प्रेम जोडीको लागि यो खास दिन । हामी यो खास दिनमा नेपाली फिल्म क्षेत्रका केही खास प्रेम जोडीहरुको विषयमा छोटो चर्चा गर्दैछौं :

१.प्रियंका कार्की र आयुष्मान देशराज जोशी
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको जोडी चर्चाको हिसाबले पहिलो नम्वरमा पर्न आउँछ । ‘कथा काठमाण्डू’ नामक फिल्म खेल्दै गर्दा प्रेममा परेका प्रियंका र आयुष्मान अहिले कम्बोडियामा छन् । थुप्रै म्युजिक भिडियो र विज्ञापनमा एकसाथ काम गरेका उनीहरु विवाहको समेत मनस्थितिमा रहेको उनीहरु निकट बताउँछन् । प्रियंका र आयुष्मानको प्रेममा उनीहरुको परिवार समेत जानकार छ ।

२.सौगात मल्ल र सृष्ट्रि श्रेष्ठ
प्रियंका र आयुष्मानपछि नायक सौगात मल्ल र मिस नेपाल समेत भएकी नायिका सृष्टि श्रेष्ठबिचको प्रेम चर्चा हुने गर्दछ । सृष्ट्रिलाई सुटिङमै सौगात भेट्न गएको देखि एयरपोर्टमा लिन गएको खबर मिडियामा सार्वजनिक भएका छन् । सृष्ट्रिसँगको प्रेमलाई मिडियामै स्विकार गरेका सौगातले छिट्टै विवाह समेत हुने बताएका छन् ।

३.बर्षा राउत र संजोग कोइराला
चर्चित प्रेम जोडीमा नायिका बर्षा राउत र नायिका संजोग कोइराला पनि पर्न आउँछन् । ओपन रिलेसनसिपमा रहेको यो जोडी एक अर्काको खुब केयर गर्दछन् । बर्षा फिल्ममा व्यस्त हुँदा संजोग आफ्नै व्यावसायमा व्यस्त छन् ।

४.पल शाह र आँचल शर्मा
युवा स्टार पल शाह र नायिका आँचल शर्मा फिल्म ‘नाईं नभन्नू ल ४’ देखि प्रेममा छन् । तर उनीहरु आफ्नो सम्बन्ध केवल वेस्ट फ्रेन्ड को मात्रै रहेको दाबी गर्दै आइरहेका छन् । जे भएपनि फिल्मकर्मी र फ्यानमाझ पल र आँचलको जोडी हिट छ । जोनी जेन्टलम्यानपछि पल र आँचल जोडी भएको फिल्म सत्रुगते चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

५.साम्राज्ञीराज्य लक्ष्मी शाह र मयंक खड्का
युवा पुस्ताकी हिट हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाह मयंक खड्का नामक युवासँगको प्रेममा छिन् । भलै साम्राज्ञीले आफ्नो प्रेम बारे मिडियामा केही बोलेकी छैनन् । यद्पी फ्यानहरु माझ साम्राज्ञी र मयंकको जोडी चर्चित छ । मयंक दरबारमार्गमा रहेको चर्चित डेजाभू क्लबका सेयर होल्डर हुन् । साम्राज्ञी र मयंकको जोडी सामाजिक सञ्जालबाट भने लुक्न सकेको छैन ।

६. नम्रता श्रेष्ठ र दावा स्टेफिन शेर्पा
नायिका नम्रता श्रेष्ठ व्यावसायी दावा स्टेफिन शेर्पाको प्रेममा परेको लामो समय भैसकेको छ । फिल्म ‘पर्व’को प्रेसमिटमा नम्रताको प्रेम दावासँग रहेको सार्वजनिक भएको थियो । ओपन रिलेसनसिपमा रहेपनि नम्रता आफ्नो प्रेम बारे मिडियामा खुलेर कुरा गर्दिनन् ।

७.भुवन केसी र जिया केसी
सदाबहार अभिनेता भुवन केसी र नायिका जिया केसीको प्रेमपनि पछिल्लो समय मिडियामा छाइ रहेको छ । एकाध फिल्मको प्रिमियरमा एकसाथ देखिने भुवन र जिया ‘कृ’ फिल्म युनिटसँगै स्कटल्याण्ड पुगेर फर्किए । लिभिङ टुगेदरमा रहेका भुवन र जिया बिहे गर्छन् या गर्दैनन्, चासोको विषय बनिरहेको छ ।

८.संयम पुरी र आश्मा डिसी
नायक संयम पुरी र नायिका आश्मा डिसीको प्रेम लामो समयदेखि चलिरहेको छ । आश्मा भिजे हुँदै संयमसँग प्रेम बसेको थियो । यो क्युट जोडीले फिल्म आभाषमा एकसाथ काम गरेको छ ।

९.सलोन बस्नेत र करिश्मा श्रेष्ठ
क्युट कपलमा नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ पनि पर्न आउँछन् । निर्देशक शोभित बस्नेत पुत्र लामो समयदेखि करिश्माको प्रेममा छन् । फिल्म ‘एउटा साथी’मा सँगै काम गरेका सलोन र करिश्माको होम प्रोडक्सनमाको फिल्म बाबु कान्छा प्रदर्शनको पर्खाइमा छ । उनीहरु प्रायः ईभेन्ट र रेष्टुरेन्टमा सँगै भेटिन्छन् ।

१०.पूजा शर्मा र सुदर्शन थापा
फिल्म वृत्तमा नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा बिचको प्रेम चर्चा हुने गर्दछ । तर आफ्नो प्रेम बारे यी दुवै मिडियामा मौन छन् । आफ्नो प्रेमलाई खुला रुपमा स्विकार गरेका छैनन् । ‘मधुमास’देखि रामकहानीसम्म सुदर्शनकै निर्देशनमा पूजाले फिल्म खेलिरहेकी छिन् । सायद यही भएरपनि पूजा र सुदर्शनबिच प्रेमको चर्चा चल्ने गर्दछ ।

११.सलिनमान बनियाँ र अस्प्रिना श्रेष्ठ
फिल्म ‘ए मेरो हजुर २’ खेलेर चर्चामा आएका नायक सलिनमा बनियाँ पनि प्रेममा छन् । अस्प्रिना श्रेष्ठ नाम गरेकी युवतीसँग सलिनको प्रेम चलिरहेको छ । अस्प्रिनाको जन्मदिनमा सलिनले वर्थ डे सेलिव्रेसनको तस्बिर अपलोड गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha